देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र
Read the full story at Nagarik News

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ। शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा प्रविष्ट गर्न निर्देशन दिएको हो। विभागद्वारा जारी गरिएको पत्रअनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको, सरकारी जग्गा भोगचलनको कागज भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको, ऐलानी तथा प्रति जग्गा लगायत सबै किसिमका जग्गाको विवरण सङ्कलन गरिनेछ।
विद्यालयहरूले इमिसमा (IEMIS) लगइन गरी 'School Profile' अन्तर्गतको 'Management & Others' मा गई जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातका विवरणहरू भरी 'Land Report' मार्फत प्रतिवेदन लिन सक्ने विभागले जनाएको छ। विद्यालयको जग्गासम्बन्धी समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न र यसको स्वामित्वलाई सुरक्षित बनाउन यो कदम चालिएको बताइएको छ। यसका लागि सम्बन्धित सरोकारवाला निकाय, संस्था र व्यक्तिहरूसँग आवश्यक समन्वय तथा सहजीकरण गर्न भनिएको छ।
विद्यालयबाट प्रमाणीकरण भई आएका विवरणहरूको एकमुष्ट जिल्लागत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाइसक्न निर्देशन समेत दिइएको छ।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- Nellore girl supported by Lokesh returns to school, aims to become doctorThe Hindu
- APSCHE moots major overhaul of PG education in 28 State universitiesThe Hindu
- MoU signed to equip students with skillsThe Hindu
- तिहार बिदामा आयल निगमको डिपो खुला रहनेThaha Khabar