Skip to main content
समाजThaha Khabar

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

Read the full story at Thaha Khabar

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौँ : पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन तिहारको सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।