अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर
Read the full story at Nagarik News

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरणको निर्णायक मोडमा पुगेको छ। १८ खेल सकिँदा अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने तस्बिर तय गर्नेछन्। अहिलेको अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ। ६–६ अंकका साथ काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने ५ अंक जोडेको चितवन राइनोज चौथो स्थानमा छ।
तर शीर्ष चारको यो समीकरण अझै सुरक्षित छैन। जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्सले समान ४–४ अंक जोड्दै प्लेअफ दौडलाई खुला राखेका छन्। अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्स भने चार खेलमा लगातार हारसँगै अंकविहीन छ। यद्यपि गणितीय रूपमा उसको सम्भावना अझै समाप्त भइसकेको छैन। लिग चरणका २८ मध्ये १८ खेल सकिँदा कुनै पनि टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गर्न सकेको छैन।
यही कारण अब प्रत्येक खेलको महत्व बढेको छ। एउटा जितले टोलीलाई शीर्ष चारतर्फ बलियोसँग धकेल्न सक्छ भने एउटा हारले अरूको नतिजामा निर्भर हुने अवस्था सिर्जना गर्न सक्छ। पाँच खेलबाट ७ अंक जोडेको लुम्बिनीलाई बाँकी दुई खेलमध्ये एक जितले पनि प्लेअफ यात्रालाई निकै सहज बनाउन सक्छ। कर्णाली र विराटनगरसँग खेल्न बाँकी रहेको लुम्बिनी दुवै खेल जिते ११ अंकमा पुग्नेछ।
More sports
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post
- एनपीएलमा आज दुई खेल, काठमाडौं र चितवनको खेलले प्लेअफ समीकरणमा प्रभाव पार्नेThaha Khabar
- अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदकDC Nepal
- सुर्खेतमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामदOnlinekhabar (Nepali)
- ‘स्कच ह्विस्की’को भौगोलिक संकेत मान्य, सर्वोच्चको फैसलामा इलामको चियादेखि मुस्ताङको स्याउसम्मBizmandu
- Olympic boxing champion Imane Khelif set for Paris returnThe Hindu