एनपीएलमा आज दुई खेल, काठमाडौं र चितवनको खेलले प्लेअफ समीकरणमा प्रभाव पार्ने
Read the full story at Thaha Khabar

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्। खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन्। हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ। पोखरा भने पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ।
चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ। यी दुईबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ। आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज खेल्दै छन्। खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ।
हाल चार अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ। यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ। टोलीको एक खेल भने रद्द भएको थियो। यी दुईबीचको खेल साँझ ५ बजे हुनेछ।
More sports
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post
- अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदकDC Nepal
- अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिरNagarik News
- सुर्खेतमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामदOnlinekhabar (Nepali)
- ‘स्कच ह्विस्की’को भौगोलिक संकेत मान्य, सर्वोच्चको फैसलामा इलामको चियादेखि मुस्ताङको स्याउसम्मBizmandu
- Olympic boxing champion Imane Khelif set for Paris returnThe Hindu