बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?
Read the full story at Nagarik News

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। तर यसबारे अमेरिका र बहराइनले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। इरानी सरकारी प्रसारकमार्फत शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त आक्रमण दक्षिणी इरानको सिरिकमा रहेको दूरसञ्चार टावरमाथि भएको हवाई आक्रमणको जवाफमा गरिएको उल्लेख छ। आईआरजीसीका अनुसार उसको एयरोस्पेस फोर्सले बहराइनमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएको थियो।
विज्ञप्तिमा उक्त कारबाहीलाई होर्मुज जलमार्गमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल ओसारपसार रोक्न दिइएको चेतावनीका रूपमा व्याख्या गरिएको छ। इरानले राडार प्रणाली ध्वस्त पारेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन। अमेरिकी पक्षले पनि घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। इरानसँग आठ महिनादेखि जारी युद्धका क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र उपकरणहरू पटकपटक निशानामा पर्दै आएका छन्।
यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गर्मीयामदेखि होर्मुज जलमार्ग हुँदै खाडी मुलुकहरूबाट १५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो।
More politics
- सरकारले बर्खास्त गरेपछि फेरि रिट लिएर अदालत पुगे शर्माRatopati
- परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ताDC Nepal
- PM Shah directs RSP lawmakers to focus on Nepal-China relationsThe Rising Nepal
- Five Nepali ministers attend COP31 in Turkey, raising questions over size of delegationOnlinekhabar English
- One of France’s Most Popular Athletes Is Running for PresidentThe New York Times
- Chitwan Rhinos beat Janakpur Bolts by four wickets, knock them out of playoff raceOnlinekhabar English