Skip to main content
राजनीतिSetopati2 outlets covering

कांग्रेसले भन्यो- सिंहदरबारमा आज रमिता छ

Read the full story at Setopati

कांग्रेसले भन्यो- सिंहदरबारमा आज रमिता छ

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आइजिपी) हटाउने सरकारको निर्णयप्रति प्रश्न उठाएका छन्। केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपसभापति शर्माले अहिले सरकारको प्राथमिकता आइजिपी हटाउने विषय हुनुपर्ने हो भन्दै प्रश्न गरेका हुन्।

उनले पारदर्शी ढंगले अनुसन्धानको विवरण सार्वजनिक नगरी कुन मुद्दा र कुन तथ्यका आधारमा आइजिपी हटाइएको हो भन्ने स्पष्ट नभएको बताए। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा पार्टीको निर्देशनमा आइजिपी हटाइएको बताएको एक घण्टामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आफ्नो पार्टीबाट त्यस्तो कुनै निर्देशन नगएको बताएको उल्लेख गरेको भन्दै शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ उनले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन। ’ नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरूद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरूपयोगविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने बताएको छ।