‘रोनाल्डो’ को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष
Read the full story at Onlinekhabar (Nepali)

‘रोनाल्डोको अगाडि कुनै पनि भाले हात्ती ढिम्किन पाउँदैन थे, उ बितेपछि कसले यसलाई पकडमा राख्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ’ केन्द्र प्रमुख चौधरी भन्छन्, ‘तीन वटा भाले हात्ती भिडिरहेका छन्, अझै ध्रुबे त देखिएको छैन । ’ २७ कात्तिक, चितवन । ‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो ।
रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा शक्ति संर्घष चर्किएको छ । रोनाल्डोको मृत्यु भए लगत्तै गोविन्देले झन्डै दुई महिना केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अहिले गोविन्देको ठाँउमा अर्को भाले हात्ती सुवेदीगजले लिन थालेको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए । ‘रोनाल्डोको अगाडि कुनै पनि भाले हात्ती ढिम्किन पाउँदैन थे, उ बितेपछि कसले यसलाई पकडमा राख्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ’ केन्द्र प्रमुख चौधरी भन्छन्, ‘तीन वटा भाले हात्ती भिडिरहेका छन्, अझै ध्रुबे त देखिएको छैन ।
’ मनपुरनका अनुसार १ महिना अगाडि केहीदिन भीमगज नामको भाले हात्ती पनि प्रजनन केन्द्रमा आएको थियो । तर, भीमगजलाई सुवेदीगजले रिप्लेस गरेको छ ।
More politics
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar