Skip to main content
समाजNagarik News

तिहारको झल्को दिने यी कालजयी गीत

Read the full story at Nagarik News

तिहारको झल्को दिने यी कालजयी गीत

उज्यालो, उमङ्ग, प्रेम र पारिवारिक आत्मीयताको पर्व तिहार नजिकिएसँगै नेपाली घरआँगनमा देउसी–भैलोका भाका गुञ्जिन थालेका छन् । सयपत्री र मखमली फूल, झिलिमिली बत्ती, सेलरोटीको सुगन्ध, लक्ष्मीपूजा, देउसी–भैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमले तिहारलाई विशेष बनाउँछन् । यी सबै सांस्कृतिक पक्षलाई जीवन्त बनाउने माध्यममध्ये नेपाली गीतसङ्गीत पनि एक हो ।

तिहारको आगमनसँगै रेडियो, टेलिभिजन, युट्युबदेखि सामाजिक सञ्जालका टिकटक, फेसबुक रिल्स र अन्य माध्यममा केही पुराना गीत फेरि गुञ्जिन थाल्छन् । कतिपय गीत यस्ता छन्, जसको धुन सुन्नासाथ तिहार आएको अनुभूति हुन्छ । विशेषगरी नेपाली चलचित्रमा समेटिएका देउसी–भैलो र भाइटीकासम्बन्धी गीतले पुस्तौँदेखि यो पर्वको सांस्कृतिक रौनक जोगाइरहेका छन् ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्री र सांगीतिक क्षेत्रका सिर्जनालाई हेर्दा तिहारको सम्झना दिलाउने गीतमा चलचित्रका गीतसँगै मौलिक देउसी–भैलो र आधुनिक सांगीतिक सिर्जनाको पनि उल्लेख्य योगदान देखिन्छ । तिहारको चर्चा गर्दा सबैभन्दा पहिले सम्झिइने गीत हो– ‘तिहारै आयो लौ झिलिमिली, ए सुन हजुर भैलिनी आइन आँगन’ । नेपाली चलचित्र ‘स्वर्ग’मा समावेश यो गीत लामो समयदेखि तिहारको पहिचानजस्तै बनेको छ ।