Skip to main content
अर्थतन्त्रSetopati

'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो

Read the full story at Setopati

'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ चिनियाँ महिलाको 'हनीट्र्याप' मा परेको हुन सक्ने आशंकामा छानबिन सुरू भएपछि कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार कम्पनीले यस विषयमा स्वतन्त्र छानबिन गर्ने घोषणा गरेको थियो। त्यसको भोलिपल्ट सोमबार अमेरिकी सेयर बजार खुल्नुअघि नै एनभिडियाको सेयर मूल्य करिब ५ प्रतिशत घटेको हो। शुक्रबार अमेरिकी सेयर बजार बन्द हुँदा एनभिडियाको प्रतिकित्ता सेयर मूल्य १८६.६४ अमेरिकी डलर थियो।

सोमबार बजार खुल्नुअघिको कारोबारमा मूल्य घटेर करिब १७७ डलरसम्म झरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जर्मनीको फ्र्यांकफर्ट बजारमा एनभिडियाको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै घटेको छ। यससँगै कम्पनीको बजार पुँजीकरणमा करिब २ खर्ब ७० अर्ब डलरको गिरावट देखिएको छ। बजार पुँजीकरण भनेको कम्पनीका सबै सेयरको तत्कालीन बजार मूल्यको योगफल हो।

सेयरको मूल्य घट्दा त्यस अनुसार कम्पनीको कुल बजार मूल्य पनि घट्छ। एनभिडिया आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिका लागि आवश्यक अत्याधुनिक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनी हो। पछिल्ला वर्षहरूमा एआई प्रविधिको तीव्र विकाससँगै यसको कारोबार र बजार मूल्य असाधारण रूपमा बढेको थियो।