खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित ४ पदक
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् । रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो । यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए ।
प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए ।
More sports
- डेभिड वार्नरले पनि लगाए क्रिकेट अष्ट्रेलियामाथि घटना दबाएको आरोपDC Nepal
- रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सीDC Nepal
- Prince William, Princess Kate to visit Mumbai for Earthshot Prize Awards; gully cricket, Metro ride, Bollywood on itineraryThe Hindu
- तिलोत्तमामा मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता हुँदैDC Nepal
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकRatopati
- एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटरDC Nepal