नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा वृद्धि एक दिन पनि टिकेन, घट्यो भाउ
Read the full story at Bizmandu
काठमाडौं। एकाएक उचालिएको नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य ओरालो लागेको छ। नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा लगानी गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सहमति दिएको भोलिपल्ट बुधबार उच्च दरमा वृद्धि भएको दुवै कम्पनीको सेयर भाउ बिहीबार घटेको हो। नेपाल रिको सेयर मूल्य बुधबार पोजेटिभ सर्किट लागेर प्रति कित्ता ९२१ रुपैयाँमा पुगेकामा बिहीबार २.७० रुपैयाँ घटेको छ।
यस्तै, हिमालयन रिको सेयर मूल्य बिहीबार प्रति कित्ता २० रुपैयाँ घटेर ५१४ रुपैयाँमा आइपुगेको छ। बुधबार कम्पनीको सेयर मूल्य प्रति कित्ता ११.४८ प्रतिशतले बढेको थियो। उच्च दाबीका कारण कम्पनीको दायित्व बढ्दै गएपछि नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएको छ। नेपाल रिको हकप्रदमा सरकारले लगानी गर्ने निर्णयको प्रभाव हिमालयन रिको सेयर मूल्यमा समेत परेको थियो।
नेपाल बीमा प्राधिकरणले रि-इन्स्योरेन्सका लागि चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेकामा दुवै कम्पनीले पुर्याएका छैनन्। दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट पुँजी वृद्धि गर्ने योजना यसअघि नै पेस गरिसकेका छन्। डेढ वर्षअघि सुलभ अग्रवाल र दीपक भट्टले कृतिम माग सिर्जना गरेर एउटै समूहबीचको कारोबार (सर्कूलर ट्रेडिङ) गराइ सेयर मूल्य उचालेका थिए।
More environment
- रास्वपा सभापति लामिछाने चितवनमाSetopati
- म चितवन ढिला आएँ तर व्यक्तिभन्दा पनि नीति आउनुपर्यो : रवि लामिछानेThaha Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- भोटेकोशी बाढीपीडितका लागि बल्ल तयार भयो अस्थायी घरको नमुना, लागत ६ लाखसम्मBizmandu
- Small Listing Spurs Protection: Indiana saves 3,950 acres; new wildlife area opensTimes of India
- चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, निर्माण टिमद्वारा भ्रममा नपर्न आग्रहDC Nepal