देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
Read the full story at Onlinekhabar (Nepali)

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यसैगरी, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। चिसो मौसम सुरु भएसँगै देशका तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
More environment
- Nepal’s push for Himalayan climate agenda falls short at COP31Kathmandu Post
- सरकारले पैसा नदिएको रिसमा सरकारी भवनमा डोजरDC Nepal
- त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्तीOnlinekhabar (Nepali)
- ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!Setopati
- रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्यOnlinekhabar (Nepali)
- जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री खनालDC Nepal