विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी
Read the full story at Nagarik News

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ।
यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ। विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो। नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्बाट स्वीकृत आधार र मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल तथा तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयलाई उपलब्ध गराएको छ। कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ।
More politics
- सरकारले बर्खास्त गरेपछि फेरि रिट लिएर अदालत पुगे शर्माRatopati
- परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ताDC Nepal
- PM Shah directs RSP lawmakers to focus on Nepal-China relationsThe Rising Nepal
- Five Nepali ministers attend COP31 in Turkey, raising questions over size of delegationOnlinekhabar English
- One of France’s Most Popular Athletes Is Running for PresidentThe New York Times
- Chitwan Rhinos beat Janakpur Bolts by four wickets, knock them out of playoff raceOnlinekhabar English