चार दिनमै ५०७ करोड कमायो ‘रामायणः पार्ट–१’ले, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म
Read the full story at Onlinekhabar (Nepali)

नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणः पार्ट–१’ले प्रदर्शनको चार दिनमै विश्वभरबाट ५०० करोड भारुभन्दा बढी कमाइ गरेको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा आक्रामक देखिएको फिल्मले चौथो दिनसम्म आइपुग्दा ५०७ करोड २० लाख भारु कमाएको हो । यो कमाइसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । त्यस्तै, हिन्दी फिल्मको सूचीमा भने तेस्रो स्थानमा छ । कलेक्सन ट्र्याक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै चार दिनमा २५२ करोड ७८ लाख भारु नेट कलेक्सन गरेको छ ।
भारतमा यसको ग्रस कलेक्सन ३०१ करोड ६४ लाख भारु पुगेको छ । विदेशको कमाइसमेत जोड्दा विश्वव्यापी ग्रस कलेक्सन ५०७ करोड २० लाख भारु पुगेको हो । छिटो ५०० करोड कमाउने फिल्मको सूचीमा ‘पुष्पाः द रुल’ र ‘बाहुबली–२’ पनि छन् । यी फिल्मले पनि बक्स अफिसमा निकै तीव्र गतिमा कमाइ गरेका थिए । चार दिनको कमाइसँगै ‘रामायणः पार्ट–१’ यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्ममध्ये तेस्रो स्थानमा पुगेको छ ।
अब यसको नजर दोस्रो स्थानमा रहेको अजय देवगन अभिनीत फिल्म ‘दृश्यम–३’को रेकर्डमा छ । ‘दृश्यम–३’ले विश्वव्यापी रूपमा ५७४ करोड भारु कमाएको बताइएको छ । अहिलेको कमाइको गति कायम राख्न सके ‘रामायणः पार्ट–१’ले केही दिनमै यो आँकडा पार गर्न सक्छ ।
More business
- १२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइNepal Khabar
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post