आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ? : प्रदीप पौडेल
Read the full story at Ratopati

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषयलाई लिएर सरकारको नैतिकता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रधानमन्त्रीका सल्लाहकारले आफूलाई दोष लाग्न सक्ने सन्देश मेटाएर अरूमाथि आरोप लगाउने विषय मोबाइल सन्देशमार्फत पठाएको प्रसंग उल्लेख गरे ।
विगतमा कुनै प्रधानमन्त्रीका सल्लाहकारले यस्तो गतिविधि गरेको भए पदमा नरहन सक्थे वा राजीनामा दिनुपर्थ्यो भन्दै पौडेलले वर्तमान सरकार सञ्चालनमा नैतिकताको उपस्थितिमाथि प्रश्न उठाए। आईजीपी प्रकरणमा सरकारले लिएको निर्णय र त्यससँग जोडिएका घटनाक्रमबारे स्पष्ट जवाफ दिनुपर्ने माग पौडेलले राखे। सरकारमा रहेकै कारण प्रधानमन्त्री र सल्लाहकारहरू आफूमाथि उठेका प्रश्नको जवाफदेहिताबाट उम्किन नमिल्ने पौडेलको भनाइ छ।
सरकारले कसैलाई पनि कानूनी प्रक्रियाबिना पक्राउ गर्ने, थुनामा राख्ने वा छानबिन गर्ने छुट नपाउने विषयमा पौडेलले जोड दिए। कांग्रेस सभापति तथा पार्टीका अन्य नेतामाथि समेत कानूनसम्मत रूपमा छानबिन गर्न आफूहरू तयार रहेको बताउँदै त्यसका निम्ति कानूनी विधि र न्यायिक मर्यादा पालना हुनुपर्ने पौडेलले स्पष्ट पारे।
More politics
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar