Skip to main content
वातावरणNepal Khabar

घोप्टेभिरमा खस्यो झन् ठूलो पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध

Read the full story at Nepal Khabar

घोप्टेभिरमा खस्यो झन् ठूलो पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ घोप्टेभिर नजिकै खसेको पहिरो पन्छाउन ३ वटा मेसिन परिचालन गरिएको छ। सोमबार बिहान करिब ५ बजे सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी नै पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा-मुग्लिङ सडक आयोजनाले जनाएको छ।

पहिरो ठूलो भएकाले थप दुईवटा मेसिन परिचालन गरेर पहिरो पन्छाउने तयारी भइरहेको नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए। 'थप पहिरो नआएको खण्डमा अबको करिब ३ घण्टाभित्र उक्त पहिरो हटाएर यातायात सञ्चालन गर्न सकिने अवस्था छ,' मिश्रले भने।

सोमबार दिउँसो १ बजेअघि उक्त पहिरो पन्छाउने अवस्था नरहेको उनले बताए।