डेनिजमा भाँडा माझ्थे हुआङ, अफेयरसँगै ढल्यो सिलिकन भ्यालीका रकस्टारको साम्राज्य
Read the full story at Bizmandu

कालो रंगको छालाको ज्याकेट उनको ट्रेडमार्क हो। जब उनी कुनै कार्यक्रममा पुग्छन् वा स्टेजमा हुन्छन् उनी कुनै सुपरस्टारभन्दा कम देखिन्नन्। त्यसैले त प्रविधि क्षेत्रमा जेनसेन हुआङलाई ’सिलिकन भ्यालीको टेलर स्विफ्ट’ भनेर चिनिन्छ। जसरी टेलर स्विफ्टको ‘सुपरस्टार’ छविले विश्वलाई नै आकर्षित गरेको छ। हुआङको आकर्षण त्योभन्दा कम छैन। फरक यति हो टेलर स्विफ्टले गीत गाउँदै करोडौंको मन जितिन्। हुआङले प्रविधिलाई सहज बनाएर।
ताइवानमा जन्मिएका हुआङ अहिले ६३ वर्षका भए। उनी १० वर्षको हुँदा अमेरिका पुगेका थिए। हुआङको जीवनको अधिकांश समय ताइवानबाहिर बित्यो। उनी ताइवान र अमेरिका दुवै देशका नागरिक हुन्। उनले आफूलाई ‘आप्रवासी’का रूपमा चिनाउने गर्छन्। हुआङले किशोरावस्थामा अमेरिकामा पहिलो जागिर डेनिज रेस्टुरेन्टमा गरेका थिए। रेस्टुरेन्टमा ग्राहकलाई खाना पस्कने र भाँडा माझ्ने काम गर्थे उनले।
सन् २०२३ मा डेनिजमा काम गर्दाको अनुभव सम्झँदै उनले त्यहाँबाट आफूले विनम्रता, परिश्रम र अतिथि सत्कारको महत्त्व बुझेको बताएका थिए। अहिले भने उनै हुआङको ‘डाउनफल’ विश्वको लागि ‘कन्टेन्ट’ बनिरहेको छ। ३ दशकअघि जब पर्सनल कम्पयुटरको जमाना सुरु भयो त्यस पछाडिको जिनियस माइन्ड थियो ‘एनभिडिया’। सो कम्पनीले बनाएको चिपको सहाराले गेमरबीच ‘एनभिडिया’ नाम चर्चित बनेको थियो। एनभिडियाले सुरुमा व्यक्तिगत कम्प्युटरका लागि ग्राफिक्स चिप उत्पादन गर्थ्यो।
More business
- दुर्घटना बढेपछि काठमाडौं-हेटौंडा रुटका सवारीलाई नयाँ नियम, बेलुका ८ बजे फर्पिङ कट्नुपर्नेBizmandu
- Nirmala Sitharaman: COSMOS Planetarium to boost astronomy education, research and tourismThe Hindu
- Xi to attend APEC Economic Leaders' Meeting, related events in ShenzhenThe Rising Nepal
- CII Summit in Vizag: States must drive MSME supply chains, academia to fuel India’s space economy, says LokeshThe Hindu
- डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउBizmandu
- बसको ठक्करबाट बालिकाको मृत्युRatopati