Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

युवराजको शतक मद्दतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

Read the full story at Onlinekhabar (Nepali)

युवराजको शतक मद्दतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

२३ कात्तिक, काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ । लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको छ । पोखराले ५ खेलबाट २ अंक जोडेको छ । उता सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार हो र यसले टोलीको प्लेअफ यात्रामा समेत धक्का लागेको छ ।

कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ । कर्णाली ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । पोखराले दिएको यस सिजनकै सबैभन्दा ठूलो २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले ३० बल खेल्दै १ चौका र २ छक्का मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले १३ बलमा समान २ चौका र २ छक्का मदतमा २४ रन बनाए भने दीपक डुम्रेले आक्रमक ब्याटिङ गर्दै ७ बलमा १ चौका र३ छक्का मदतमा २२ रन जोडे ।

कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी एनपीएलकै दुर्लभ विकेटका रुपमा आउट भए । १५ ओ ओभरको अन्तिम बलमा बललाई दुई पटक प्रहार गरेपछि सोमपाल अब्सट्रक्टिङ फिल्डको रुपमा आउट भएका हुन् । सूर्य तामाङले १३ रन जोडे ।