Skip to main content
वातावरणOnlinekhabar (Nepali)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

Read the full story at Onlinekhabar (Nepali)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । १८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए । ‘वैदेशिक रोजगारका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ थोरै भए पनि सहज होस् भन्ने उद्देश्यसाथ यो सेवा सुरु गरेका हौं,’ उप्रेतीले भने ।

वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याउने प्रक्रियामा परिवार तथा आफन्तले विमानस्थलमा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ । बोर्डले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।