‘अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ’
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश जनक पाण्डेले अदालतभित्र बिचौलियाको चलखेल रोक्न न्यायाधीशसहित अदालतका सबै कर्मचारी र सरोकारवाला चनाखो हुनुपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूले अदालतभित्र हुने बिचौलियाको प्रभाव र चलखेलबारे प्रश्न गरेपछि पाण्डेले यस्तो बताएका हुन् । उनले पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले अदालतमा हुने विकृति, विसंगति र बिचौलियासम्बन्धी प्रतिवेदन तयार पारिसकेको स्मरण गराए ।
‘यो बिचौलियाको सम्बन्धमा त अदालतले एउटा प्रतिवेदन नै बनाइसकेको छ, हाम्रो पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा । यसको लागि त अब अदालतका सबै जना चनाखो हुनुपर्छ, न्यायाधीश पनि हुनुपर्यो’, उनले भने । पाण्डेले कतिपय मुद्दामा बाहिरबाट चलखेल गर्ने र अदालतभित्र प्रवेश गरेर प्रभाव पार्न खोज्ने व्यक्तिलाई रोक्ने गरिएको पनि बताए । ‘कतिपय मुद्दाहरूमा बाहिर कोही चलखेल, यसो हिँड्यो भने भित्र आउने, बाहिर जाने भयो भने बोलाएर ल्याएर गेट बाहिर गर्दिने पनि गर्या छौं’, उनले भने ।
उनले अदालतमा बिचौलियाको स्पष्ट परिभाषा नभएको उल्लेख गर्दै सामान्य सम्पर्क र अभिवादनसमेत गलत उद्देश्यले प्रयोग हुन सक्ने भन्दै सचेत गराए । यसक्रममा उनले सुशीला सिंहको पुस्तकमा उल्लेख भएको प्रसंगसमेत सुनाए ।
More society
- चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडाNepal Khabar
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलनNepal Khabar
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar