कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलन
Read the full story at Nepal Khabar

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौँमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्। आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन्। राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए।
उनले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आइपुगेका थिए। करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गरिरहेका छन्। राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए।
त्यस अवसरमा ठुलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ। काग सम्मेलनमार्फत उनले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देश पनि दिएका छन्। हरेक वर्ष काग तिहारलाई विशेष बनाइरहेका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाएको छ।
More society
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post
- चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडाNepal Khabar
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar