युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो ।
दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त सभामा राजा एवं बेलायतबाहेक कमनवेल्थ राष्ट्र, आयरल्याण्ड र नेपालका प्रतिनिधिले समेत ‘रिथ’ चढाए । रिमेम्बरेन्स सन्डेमा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीले सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘रिथ’ चढाएका थिए । ‘राष्ट्रिय स्मृति सभा’ मा सहभागी हुन पाउनु र वीर गोर्खा सैनिकहरूलगायत देशका लागि प्राण आहुति दिने वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रिथ चढाउन पाउनु आफ्ना लागि सम्मानको विषय भएको दुवाडीले बताए ।
दुवाडीले औपचारिक समारोह शुरु हुनुअघि प्रधानमन्त्री एण्डी बर्नहाम र विदेशमन्त्री इड मिलिब्याण्डसंग भएको संक्षिप्त कुराकानीमा उनीहरुले नेपालले पछिल्लो पटक भोगेको प्राकृतिक विपत्तिबारे दुःख र चासो व्यक्त गरेका जनाए । बेलायत संलग्न युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा पुष्पहार अर्पण गर्ने क्रममा पहिलोपटक प्रधानमन्त्री एन्डी बर्नहामसँगै ९ जना पूर्व प्रधानमन्त्रीहरूको पनि रेकर्ड ब्रेक उपस्थिति रह्यो ।
More world
- Trump says FBI is investigating Nvidia chief over alleged China spy linksKathmandu Post
- अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिएNepal Khabar
- Delhi To Get 11-km Chhath Ghat, BJP Chief To Inaugurate It On November 12NDTV
- Pete Hegseth: Fox Co-Host Turned Scandal-Plagued US Defence ChiefNDTV
- Pawan Kalyan, Wife Anna Konidala Announce Separation After 13 Years Of MarriageNDTV
- Review | In ‘John of John’, Douglas Stuart unearths buried secrets and inherited shameThe Hindu