गगन थापालाई धेरै महत्व नदिऔं, उनको कुरै नगरौं– शशांक कोइराला
Read the full story at Setopati

नेपाली कांग्रेसका देउवा पक्षका नेता डा. शशांक कोइरालाले पार्टीभित्र नेता गगन थापालाई लक्षित गरेर आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले गगनलाई जति आलोचना गर्यो, उनको चर्चा र महत्त्व त्यति नै बढ्ने भन्दै पार्टीभित्र कसैलाई राजनीतिक ‘भिलेन’ बनाउन खोज्नु गलत भएको बताएका छन्। शनिबार राष्ट्रिय सभा गृहमा आयोजित काठमाडौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले गरिबी, अशिक्षा र बेरोजगारी नै कांग्रेसका वास्तविक चुनौती भएको बताए। ‘हामीले गगन थापालाई यति धेरै महत्त्व किन दिन्छौँ?
तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्त्व त्यति नै बढ्छ। त्यसैले उनको कुरै नगरौँ। फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ। तर त्यो हाम्रो भ्रम हो,’ उनले भने, ‘हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो। तिनका विरुद्धमा लड्नु नै आजको आवश्यकता हो।
’ महाधिवेशनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै उनले यसको सफलताका लागि नेता तथा कार्यकर्ताको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले अरूलाई नराम्रो देखाएर आफू राम्रो बन्न नसकिने भन्दै पार्टीभित्र एकता कायम गर्न पनि आग्रह गरे। पार्टीका गतिविधिलाई निरन्तरता दिँदै तल्लो तहदेखि नै संगठन बलियो बनाउन कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा उनले जोड दिए।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar