चोरी भएका सम्पदा फिर्ता ल्याउन काठमाडौँ महानगरले संस्थागत अभियान चलाउने
Read the full story at Ratopati

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । शुक्रवार काठमाडौँ महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान् र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।
उनका अनुसार महानगरपालिकाले यसअघि कूटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ । सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ ।
विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले सुनाइन् । यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको डंगोलले उल्लेख गरिन् ।
More society
- Sarlahi village mourns 13 residents killed in Makawanpur crashKathmandu Post
- तिहारपछि साढे १२ हजार घट्यो सुनको भाउ, चाँदी पनि सस्तियोNepal Khabar
- Theatre personality Prasanna resigns from special cell to promote rural industries in KarnatakaThe Hindu
- ‘Parvarik ManuRanjan’ movie review: Pankaj Tripathi brings flavour to an undercooked family recipeThe Hindu
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा मुद्दा दायरRatopati
- Ernakulam Rural police in Keralam book 17,181 motorists for traffic violations in 11 daysThe Hindu