गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्। सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो। नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ। प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ। झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र मानिसहरू त्यहाँ जान डराएको स्थानीयले बताएका छन्। प्रत्यक्षदर्शीले घटनास्थलमा शव देखिएको र पसलहरूमा तोडफोड भएको बताएका छन्।
झडपमा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको कडा उपस्थितिका कारण उपचारका लागि सहयोग पाउन नसकेको जनाइएको छ। कारबाहीपछि छिमेकी मुलुक मालीतर्फ पनि ठूलो सङ्ख्यामा मानिस पुगेका छन्। माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको थियो।एएफपी
More politics
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar