Skip to main content
खेलकुदSetopati2 outlets covering

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

Read the full story at Setopati

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा खेलकुद मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य छन्।

मन्त्रालयका अनुसार चिकित्सा शिक्षाको सुधारका लागि प्रा.डा. गोविन्द केसीले उठाएका मागका कामहरू चरणबद्ध रूपमा अघि बढाइसकेको छ। डा.

केसीसँगको पहिलो मागअनुसार चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनसमेतका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेरै शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान, कैलालीको गेटामा एमबीबीएस तथा नर्सिङलगायत कार्यक्रम सञ्चालन गर्न दिइएको मन्त्रालयले जनाएको छ। चिकित्सा शिक्षा आयोगबाट अनुगमन प्रतिवेदनका आधारमा स्वीकृत मापदण्डको अधीनमा रही मूलतः सरकारी कलेजमा सिट वृद्धि गरिएको मन्त्रालयको भनाइ छ। तेस्रो मागसम्बन्धमा शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गरिएको र यसमा क्रमशः थप गर्दै लगिने मन्त्रालयले जनाएको छ।