एनपिएलका पिचप्रति बोपाराको असन्तुष्टि, पछिल्लो विकेट भने उत्कृष्ट
Read the full story at Setopati

चितवन राइनोजका अनुभवी ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजसँगको हारपछि टोलीले राम्रो अवस्थामा रहेर पनि खेल जित्न नसकेको बताएका छन्। सोमबार काठमाडौंसँग १० रनले पराजित भएपछि प्रतिक्रिया दिँदै बोपाराले १८१ रनको लक्ष्य पछ्याउने क्रममा चितवन ८५ रनमा एक विकेटको अवस्थामा रहेको स्मरण गरे। तर, त्यसपछि लगातार विकेट गुमाउँदा टोलीले खेलमा पुनरागमन गर्न नसकेको उनले बताए। ‘हामी एक समय निकै राम्रो अवस्थामा थियौँ। ८५ रनमा एक विकेट मात्र गुमाएका थियौँ।
तर, त्यसपछि विकेट गुमायौँ र खेलमा फर्किन सकेनौँ,’ उनले भने। बोपाराले बलिङमा पनि टोलीले सुरुवाती चार ओभरपछि विपक्षीलाई खेलमा हाबी हुन दिएको बताए। उनका अनुसार पाँचौँ ओभरदेखि काठमाडौंले खेलमा पकड बनाउन सफल भएको थियो। ‘पहिलो चार ओभरपछि हामीले विपक्षीलाई राम्रो अवस्थामा राखेका थियौँ। तर, पाँचौँ ओभरदेखि हामीले खेल आफ्नो हातबाट फुत्कायौँ,’ उनले भने।
हारका बाबजुद बोपाराले नेपाली खेलाडीको प्रदर्शनमा आएको सुधारको प्रशंसा गरे। पछिल्लो दुई वर्षमा नेपाली खेलाडीको पावर हिटिङ क्षमतामा उल्लेखनीय विकास भएको उनको भनाइ छ। नेपाली खेलाडीहरू पहिलेभन्दा धेरै शक्तिशाली सट खेल्न सक्षम भएको उल्लेख गर्दै उनले आगामी चार–पाँच वर्षमा अझ ठूलो सुधार देखिने विश्वास व्यक्त गरे।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar