आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन
Read the full story at Onlinekhabar (Nepali)

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए । आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ । आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन छ । यसो गरेमा मृत्युपश्चात् नरक जानुनपर्ने धार्मिक विश्वास छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ ।
More society
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- आज कुकुर तिहार पर्व मनाइँदैNepal Khabar
- यमपञ्चकको दोस्रो दिन: आज कुकुर तिहार र लक्ष्मीपूजा गरी मनाइँदैDC Nepal
- सार्वजनिक खरिदमा आबद्ध श्रमिकको कार्यविधि स्वीकृत, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा तोकियोBizmandu
- तिहारको तेस्रो दिन– आज कुकुर तिहार मनाइँदैSetopati
- सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधाThaha Khabar