कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
Read the full story at Nagarik News

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्। सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुने छिन्। छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षाजस्ता समस्या बढ्दै गएका छन्।
More health
- कोप-३१ मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै स्वास्थ्यमन्त्री मेहताNepal Khabar
- Who is Abdul El-Sayed, first Muslim U.S. Senator-elect?The Hindu
- Als Nursing Hospital Opens: 14-year ALS drive builds specialised facility; 350,000 donors fund careTimes of India
- धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवस मनाइँदैDC Nepal
- Pope Leo XIV arrives for South American tour after cancer surgeryAl Jazeera
- Pope Leo in Uruguay to kick off South America tour just weeks after lung surgerySouth China Morning Post