अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध
Read the full story at Nagarik News

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब ३ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।
पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। उनका अनुसार पहिरो खसेलगत्तै वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम सापकोटाको नेतृत्वमा २० जनाको प्रहरी टोली डोजरसहित घटनास्थलमा परिचालन भएको छ।
‘पहिरो खुलाउने प्रयास सुरु भइसकेको छ, सम्भवतः साँझसम्ममा अवरुद्ध बाटो खुल्नेछ,’ प्रहरी निरीक्षक रिजालले भने। बाटो बन्द भएपछि पोखरा र बागलुङतर्फ जाने सवारीसाधनहरू बाटोमै रोकिएका छन्।
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- Deepavali pollution spike: How does it affect lung function and respiratory health? | ExplainerThe Hindu
- Partial collapse of Pakistan’s Tarbela dam causes flood water surgeAl Jazeera
- How many Nepalis are one flood away from poverty?Kathmandu Post