Skip to main content
समाजOnlinekhabar (Nepali)

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

Read the full story at Onlinekhabar (Nepali)

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ । बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय प्रशासनको निर्देशन समेत अवज्ञा गरेको विभागले जनाएको छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्रमार्फत विभागलाई जानकारी गराएको थियो । विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार जरिबाना तिराएको छ । सोही घटनामा संलग्न गाइड अस्मिर भण्डारीको व्यावसायिक आचरण तथा पथ प्रदर्शक इजाजतपत्र सम्बन्धित विषयमा आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न प्रदेश मन्त्रालयलाई लेखी पठाइएको छ ।

विभागले प्रचलित कानुन अनुसार मात्र गतिविधि गर्न/गराउन सरोकारवालालाई सचेत गराएको छ ।