दिदीबहिनीका लागि तिहार महँगो, भाइमसलाको मूल्य अचाक्ली, पेस्ता किलोकै ४ हजार रुपैयाँ
Read the full story at Bizmandu
काठमाडौं। यस वर्षको तिहार दिदीबहिनीका लागि महँगो बनेको छ। तिहारमा दाजुभाइलाई दिने भाइमसला (ड्राइफ्रुट्स)को मूल्य अचाक्ली बढ्दा त्यसको भार दिदीबहिनीलाई परेको हो। चीनसँगका दुई नाका बन्द भएका कारण कपडाको मूल्य पनि ३० प्रतिशत महँगो भएको छ। भाइमसलादेखि कपडाको मूल्य अकासिंदा उपभोक्ताले छोइनसक्नु भन्दै परिणाम घटाएर किन्न थालेका छन्।
तस्वीर : सुशील श्रेष्ठ किराना व्यवसायीका अनुसार भाइमसलाको भाउ पोहोरभन्दा अत्याधिक बढेको छ। सबैभन्दा बढी पेस्ताको भाउ बढेको पाइएको छ। पोहोर तिहारमा थोक बजारमा प्रति किलो १८०० रुपैयाँ रहेको पेस्ताको भाउ अहिले ३६०० रुपैयाँ पुगेको छ। खुद्रा बजारमा एक किलो पेस्तालाई उपभोक्ताले ४ हजार रुपैयाँ तिर्नुपर्छ। नरिवलको भाउ किलोमा १०० रुपैयाँ बढेको छ।
ल्वाङ, मखना र दालचिनीको मूल्य भने घटेको छ। तिहारमा काजु, बदाम, छोकडा, किसमिस, ओखर, मखना, मिश्री, ल्वाङ, दालचिनी, सुकुमेल, अंजिर र नरिवलको खपत धेरै हुने गर्छ। थोक बजारमै काजु प्रति किलो १७००, बदाम १७८०, छोकडा कालो ५०० र सेतो ६०० रुपैयाँ छ। तस्वीर : सुशील श्रेष्ठ यस्तै सुकुमेल जम्बो प्रति किलो ६०००, ल्वाङ १७००, अंजिर १४५०, मखना १७००, नरिवल ७५०, ओखर ५००, किसमिस ७००, दालचिनी रोलवाला १००० र सामान्य खालको ७०० रुपैयाँ छ।
More society
- तिहार र छठका लागि बससेवामा अग्रिम टिकट बुकिङ खुल्लाNepal Khabar
- Sainik school notifies entrance exam to Class 6 and 9The Hindu
- Georgia court revives tenants' claims after mistaken 2022 apartment raid and detentionTimes of India
- Andhra Pradesh HC seeks status report on police firing at Raptadu chainsaw attack accusedThe Hindu
- 'Threats Continue': Aaftab Poonawala's Lawyer Complains To Court AgainNDTV
- The university that taught us to question must learn to be questionedThe Hindu