अयोध्याबाट १७ डिब्बाको रेल जनकपुर आइपुग्यो, नियमित सेवा सुरू गर्न प्राविधिक परीक्षण
Read the full story at Setopati

नेपाल र भारतका यी दुई प्रमुख धार्मिक सहरबीच रेल सेवा सञ्चालन भए तीर्थयात्रीलाई आवतजावतमा सहज हुने मात्र होइन, जनकपुरको धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। यसैको तयारी स्वरूप बिहीबार जनकपुरसम्म १७ डिब्बाको ठूलो रेल सञ्चालन गर्न सकिने वा नसकिने विषयमा प्रारम्भिक प्राविधिक परीक्षण गरिएको छ। रेल विभागका महानिर्देशक परिवेशराज पराजुलीका अनुसार अहिले रेलमार्गको क्षमता, प्राविधिक अवस्था र आवश्यक सुधारका विषयमा परीक्षण भइरहेको छ। सेवा सञ्चालनको मिति भने निश्चित भइसकेको छैन।
'रेल्वे ट्रयाकको क्षमता कस्तो छ र कहाँ सुधार गर्नुपर्ने अवस्था छ भन्ने जाँच्न इन्सपेक्सन ट्रेन चलाएर परीक्षण गरिएको हो,' बिहीबार साँझ पराजुलीले सेतोपाटीसँग भने, 'अहिले हामी योजना र तयारीकै चरणमा छौं। सेवा सञ्चालन हुने मिति भने तय भएको छैन। ' मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। उनले बिहीबारै प्रस्तावित सेवाका लागि रेलको परीक्षण गरिएको पनि बताएका थिए।
जनकपुर–अयोध्या रेल सञ्चालनका लागि नेपालतर्फको रेलमार्गमा लामो दूरीको ठूलो रेल चलाउन सकिने अवस्था छ कि छैन भन्ने परीक्षणको मुख्य उद्देश्य हो। अहिले जयनगर–जनकपुर–भंगहा खण्डमा पाँच डिब्बाको रेल नियमित यात्रुवाहक सेवाका रूपमा सञ्चालन भइरहेको छ।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar