विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला ।
नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशन गरिसकेर १५ औं महाधिवेशन गरिसकेको छ । राष्ट्रिय आवश्यकता पर्यो, त्यो परिस्थितिपछि देश र पार्टीलाई नयाँ ढंगले अघि लानुपर्ने अवस्था बन्यो,’ शर्माले भने, ‘कसैलाई अनर्गल गरेर फेसबुकमा लेखिदिएिर यति खायो रे उति खायो रे यति बुझायो रे यति करोड बुझायो रे । ए बाबा! एक पटक स्वास्थ्यमन्त्री एक पटक केवल स्वास्थ्यमन्त्री ८९ महिना बनेको गगन थापा, जीवनमा मन्त्री कहिल्यै नबनेको विश्वप्रकाश शर्मा ।
करोड करोड बुझाउनुपर्यो भने हामी दुई भाइले मात्रै बुझाउन सकुँला कि वर्षौंसम्म सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो त । उहाँहरूले बुझाउन सक्ने होइन भन्या ?’ कसैले अरे भनेर भनेको कुरामा पछि नलाग्न उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘त्यसैले यो कुरा के हो भने, भन्यो अरे, एउटा विचौलियाले कहिँ भन्यो अरे ।
More world
- भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिकNepal Khabar
- इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबीNepal Khabar
- Ukraine: Russia hits Kyiv with air strikes ahead of trilateral talksDW
- MTR Corporation halts unauthorised remedial works at station after column concernsSouth China Morning Post
- US Senator Abdul El-Sayed launches ‘Habibi’ political action committeeAl Jazeera
- Dog takes Metro ride from Anna Nagar to KoyambeduThe Hindu