भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिक
Read the full story at Nepal Khabar

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोसी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएका व्यक्तिको विवरण मात्र सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपात्ता रहेका छन्।
त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा र कालीकोटका बेपत्ताको विवरण सार्वजनिक भएको हो। यसैगरी, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ। सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो।
बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइट मा हेर्न सकिनेछ। प्राधिकरणले शनिबार सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेश गर्न आग्रह गरेको छ।
More world
- इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबीNepal Khabar
- VISTAR: India’s shift towards a real-time, technology-driven statistical system | ExplainedThe Hindu
- Bhoot Chaturdashi 2026: Haunted places and curated walks to explore in KolkataThe Hindu
- Chawri Bazar building collapse: Another body retrieved from, toll rises to fourThe Hindu
- Will Trump strike nuclear sites again as Iran engages ‘cognitive warfare’?Al Jazeera
- Boy, 4, dies after Range Rover crashes on country roadBBC