महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश
Read the full story at Nagarik News

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार पूर्ण रूपमा आधारहीन भएको बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कुनै बिचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्ष निकाल्न नमिल्ने बताए।
गगन थापा र आफूले पार्टीको नेतृत्व फेर्न करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै उनले पटक-पटक सत्ताको लाभ लिएका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे। कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोड्दैमा त्यसलाई अदालत वा कानुनले प्रमाणका रूपमा स्वीकार नगर्ने बताउँदै शर्माले सामाजिक सञ्जालका प्रायोजित हल्लाको पछि नलाग्न अनुरोध गरे।
शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५ औं महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार नै सम्पन्न भएको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूको सार्वभौम निर्णय कार्यान्वयन भइसकेको भन्दै उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई लिएर अनावश्यक भ्रम नछर्न आग्रह गरे।
More sports
- तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउNepal Khabar
- क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधिNepal Khabar
- पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउNepal Khabar
- तिहारमा रातभर देउसी भैलो खेल्न पाइनेNepal Khabar
- Al Jazeera tries skateboarding at Youth OlympicsAl Jazeera
- Aberdeen sack Robinson after league slumpBBC