Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

Read the full story at Onlinekhabar (Nepali)

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान फ्याँक्नुपरेको थियो। २४ कात्तिक, काठमाडौं । फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप लगाएका छन्।

ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान फ्याँक्नुपरेको थियो। फ्रान्सेली विदेशमन्त्री जिन-नोएल ब्यारोले मंगलबार इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाइने बताएका छन्। फ्रान्सले यस मामिलामा युरोपेली सङ्घ (ईयू) सँग इरानमाथि प्रतिबन्ध लगाउन माग पनि गर्नेछ। उनले फ्रान्सले जवाफी कारबाहीका सबै विकल्प खुला राख्ने बताए।

यसमा त्यस्ता कदमहरू पनि समावेश छन्, जसको जानकारी सार्वजनिक गरिने छैन। ब्यारोले फ्रान्सको उद्देश्य इरान वा कुनै अन्य देशलाई भविष्यमा यस्ता आक्रमण गर्नबाट रोक्नु रहेको बताए। उनले यस आक्रमणलाई फ्रान्सको भूमिमा हालसम्मकै सबैभन्दा ठूलो र आक्रामक साइबर आक्रमण भनेका छन्।