Skip to main content
वातावरणSetopati2 outlets covering

छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ– प्रधानमन्त्री बालेन

Read the full story at Setopati

छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ– प्रधानमन्त्री बालेन

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन्। भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइने उनले उल्लेख गरेका छन्। चार दिनसम्म विधिपूर्वक मनाइने छठको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना गरिन्छ।

तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको उनले बताएका छन्। छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भनेका छन्। ‘छैठके बहुत रास शुभकामना!

दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि,’ उनले भनेका छन्।