प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।
उनले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गरे । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्त्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उनको टिप्पणी छ ।
२०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने उनले बताए। उनकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उनले बताए।
More business
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- विगतको आत्मसमीक्षा बिना एमालेको आगामी यात्रा सम्भव छैन: महासचिव शंकर पोखरेलDC Nepal
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताThaha Khabar
- Land Revenue Office official arrested with Rs 100,000 bribe in SarlahiOnlinekhabar English