Skip to main content
राजनीतिHimal Khabar

विभेदकारी वैचारिकी र दलित शिल्पीको मुक्तिमार्ग

Read the full story at Himal Khabar

विभेदकारी वैचारिकी र दलित शिल्पीको मुक्तिमार्ग

हाम्रो गन्तव्य पीडाको कथा सुनाउनुमात्र होइन, पहिचान सहितको मर्यादापूर्ण जीवन हो। मुक्तिदायी शिक्षाका प्रणेता पाउलो फ्रेरेका अनुसार सदिऔंको शोषणबाट आफूमात्र होइन, उत्पीडक समुदायलाई समेत मुक्त गर्ने ऐतिहासिक सामर्थ्य उत्पीडित वर्गमा हुन्छ। केही हप्ताअघि संघीय राजधानीमा आयोजित “अबको समाजवाद कस्तो?” विषयक एकदिवसीय मन्थन शिविरमा एक मित्रले जिज्ञासा राख्नुभयो, “विद्यावारिधिका लागि अध्ययनको विषयवस्तु तपाईंले ‘आरन’ छान्नुभएछ, यो अलिकता साँघुरो भएन र?” केहीअघि अर्का व्यक्तिले पनि यस्तै प्रश्न गर्नुभएको थियो, “हाम्रा पूर्खाहरूले कथित उपल्लो जातबाट घृणा र हेलोहोचो सहेर यो पेशामा दु:ख र संघर्ष गरे।

त्यही पेशामा हामीले के खोज्ने? यसले हामीलाई पीडा बाहेक के दिन सक्छ?” यी दुवै अभिव्यक्ति व्यक्तिगत संशय थिएनन्, बरू समाजको विभेदकारी ज्ञानसत्ताले निर्माण गरेका ‘स्वाभाविक’ दृष्टिकोण हुन्। विडम्बना- लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद वा नौलो जनवाद, कुनै पनि राजनीतिक विचारले यो वर्णवादी ज्ञानसत्तालाई भत्काउन सकेनन्।

नेपाली अर्थतन्त्र र संस्कृतिको मेरूदण्ड रहेको धातुविज्ञान र गहिरो श्रम-संस्कृति बोकेको आरनलाई ‘तल्लो स्तरको शारीरिक श्रम’ मा मात्र सीमित गरियो।