बाँझो जमिनमा फूल खेतीले दिएको खुसी
Read the full story at Onlinekhabar (Nepali)

गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । २२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ ।
तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर आम्दानी हुँदा खुसी छन् । महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन् । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा पाँच हजार रुपैयाँमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरिरहेकी छन् । भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।
महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उनले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसेको छ ।
More politics
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar