Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

लगनखेल चोकमा चिटिक्क पार्क

Read the full story at Onlinekhabar (Nepali)

लगनखेल चोकमा चिटिक्क पार्क

१९ कात्तिक, काठमाडौं । ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको छ । पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले संयुक्त रुपमा उद्घाटन गरे।

‛न्हु पुखु एभेन्यू’ नाम दिइएको यस सार्वजनिक स्थललाई स्वीजरल्याण्ड र नेपालबीचको अटुट मित्रताको प्रतिकको रुपमा लिइएको छ । ललितपुर महानगरसँग सम्झौता गरी स्वीस सरकारले आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण गरेको हो । महानगरका अनुसार यो पार्कको कुल निर्माण लागत दुई करोड २५ लाख रहेको छ । पार्कको क्षेत्रफल २ रोपनी चार आना रहेको छ । यो पार्क वडा नं.

५मा रहेको छ । पार्क उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चिरीबाबु महर्जनले स्वीजरल्याण्ड र नेपालका नागरिकबीचको सम्बन्धको प्रतीक भएको बताए । उनले भने, ‛नेपाल र स्वीजरल्याण्डबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्षको अवसरमा स्वीस सरकारबाट पार्क बनाउने प्रस्ताव आयो, त्यसलाई हामीले स्वीकार ग-यौं, जुन ठाउँमा आज तपाई हामी छौं । ‍’ नचाहिने संरचनालाई हटाएर यहाँ पार्क बनाएको बताउँदै उनले भने, ‛ यो ठाउँ पहिला कस्तो थियो,तपाईंहरुलाई पनि थाहा छ, अहिले कस्तो भयो ।