Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित

Read the full story at Onlinekhabar (Nepali)

चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित

१९ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा दोस्रो जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् ।

२८ बल खेलेकी उनले ५ चौका र ३ छक्का प्रहार गरिन् । यस्तै ओपनर सावित्री धामीले २६ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ३६ रन जोडिन् । १४७ रनको उच्च लक्ष्य पछ्याएको हङकङले नेपालको कसिलो बलिङ सामु निरिह रह्यो र १८ ओभरमा ५४ रनमै अलआउट भयो । वाङ तुन सो र मान केइ लेउङले समान १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चार टोली सहभागि सिरिजमा हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछ । नेपालले आफ्नो चौथो खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।