Skip to main content
समाजHimal Khabar

प्रेसलाई अदालतले समेत सोध्न नसक्ने प्रश्न प्रहरीले कसरी सोध्यो?

Read the full story at Himal Khabar

प्रेसलाई अदालतले समेत सोध्न नसक्ने प्रश्न प्रहरीले कसरी सोध्यो?

मलाई एक जना पत्रकारले हिजो साँझ फोन गरेर पत्रकारहरूलाई प्रहरीले पक्रेर लगिरहेको छ, यसमा तपाईं के भन्नुहुन्छ भनेर सोधे। त्यतिन्जेल मैले यो कुरा सुनेकै थिइनँ। अनि, पत्रकारहरूलाई किन पक्रेको, कसले पक्रेको र के भनेर पक्रेको भनेर सोधें। त्यो थाहा छैन, चार–पाँच जनालाई पक्रिसकेको छ भने। मैले त्यति जानकारीका भरमा कुनै प्रतिक्रिया दिइनँ, किनभने मलाई पत्यार नै लागेन। सामान्यतः नेपालमा प्रहरीले त्यसरी एकपछि अर्को पत्रकारलाई, त्यो पनि सञ्चारगृहको कार्यालयमा गएर दिनदहाडै पक्रेको मलाई थाहा छैन।

म पञ्चायतकालमै पत्रकारिता गरेर आएको पत्रकार हुँ। त्यतिखेर पक्रनु धेरै अनौठो कुरा थिएन, पक्राउ परिरहन्थे। तर के हुन्थ्यो भने राजकाज वा कहिलेकाहीं राजद्रोह र सार्वजनिक सुरक्षा—यी दुई–तीन वटा कानूनमध्ये कुनैको प्रयोग गरेर सीडीओले पुर्जी काटेर दिन्थ्यो अथवा बोलाउँथ्यो। प्रायः पत्रकारलाई सीडीओ र अञ्चलाधीशले बयानका लागि भनेर बोलाइरहन्थे। प्रहरीले बोलाउँदैनथ्यो, पक्राउ गरेर लैजाँदैनथ्यो। मलाई हिजो त्यो सुन्नेबित्तिकै पत्यारै लागेन।

त्यसकारण नबुझीकन तपाईंसँग कुनै पनि प्रतिक्रिया दिन्नँ भनेर म बसें। पछि बुझ्दै जाँदा म आफैंलाई आश्चर्य लाग्यो। यो के भइराखेको छ यो देशमा? हिजो यो देशमा राजनीतिक स्वतन्त्रता नभएको बेला, प्रेस स्वतन्त्रता नभएको समयमा पनि राज्यले पत्रकारहरूलाई जतिखेर पनि पक्रन सक्थ्यो।