Skip to main content
समाजRatopati

सामसङ नेपालको दशैं–तिहार अफर : टिभी र होम अप्लायन्स खरिदमा क्यासब्याकदेखि लक्की ड्रसम्म

Read the full story at Ratopati

सामसङ नेपालको दशैं–तिहार अफर : टिभी र होम अप्लायन्स खरिदमा क्यासब्याकदेखि लक्की ड्रसम्म

काठमाडाैँ । सामसङ नेपालले दशैं-तिहारलाई लक्षित गर्दै "Smart Upgrade घरमा, Lucky Surprise चाडमा" अभियान सार्वजनिक गरेको छ। सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अभियानमा सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले क्यासब्याक, पक्का उपहार तथा लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पाउनेछन्। अभियानअन्तर्गत सामसङ टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक ३१ जना विजेता छनोट हुनेछन्।

टिभी खरिदकर्ताले ९ केजी फ्रन्टलोड वासिङ मेसिन तथा वासिङ मेसिन, रेफ्रिजेरेटर वा एसी खरिदकर्ताले ५५ इन्च UHD टिभी जित्ने अवसर पाउनेछन्। त्यस्तै, हरेक साता ८ जना विजेताले १ टनको एसी पाउनेछन्। लक्की ड्रमा सहभागी हुन ग्राहकले उत्पादनको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी "Samsung [सिरियल नम्बर]" लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ। विजेताको घोषणा हरेक बुधबार Image च्यानलको Music of Your Choice कार्यक्रममा गरिने कम्पनीले जनाएको छ। अफरअन्तर्गत टिभीमा २६ प्रतिशतसम्म, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

रेफ्रिजेरेटरमा ५ हजार रुपैयाँसम्म र वासिङ मेसिनमा ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाइनेछ। त्यसैगरी, छनोट गरिएका टिभी मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्मको NETTV प्याकेज र केही वासिङ मेसिनमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले Hulas Finserve Hire Purchase मार्फत Samsung Insta Finance प्रयोग गरी १२ वा २४ महिनाको EMI योजनामा समेत सामान खरिद गर्न सक्नेछन्। पुराना उपकरण ArkoStore वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।