Skip to main content
समाजNepal Khabar

त्रिशूली–१ को सुरुङबाट निकालिएका २४ शव सनाखत भएनन्, प्रहरी आफन्तको खोजीमा

Read the full story at Nepal Khabar

त्रिशूली–१ को सुरुङबाट निकालिएका २४ शव सनाखत भएनन्, प्रहरी आफन्तको खोजीमा

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ शव निकालेर नुवाकोट ल्याइएको छ। रसुवाको आमाछोदिङ्गो गाउँपालिका-१ हाकुस्थित २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी २४ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एंव् प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार सुरुङबाट निकालिएका शवलाई असोज ३ गते शनिबार (हिजो) नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटले शव सनाखतका लागि मृतकका परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह गरेको छ।

बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले पहिचानका लागि परिवारजनलाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको डीएसपी हवारीले बताए।