नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्याली, सभापति थापा सहभागी
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्याली आयोजना गरेको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो ।
र्यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।
कांग्रेस महानगर समितिले आयोजना गरेको र्यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । र्यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar