मधेशमा शिक्षा संकट : सुगम भूगोलमा दुर्गमको भन्दा धेरै दुःख
Read the full story at Onlinekhabar (Nepali)

मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत मात्र छ । यो नेपालको राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा १२.७ प्रतिशत बिन्दुले कम हो । अझ चिन्ताजनक पक्ष त महिलाको साक्षरता दर ५४.७ प्रतिशत मात्र हुनु हो । प्रदेशमा पुरुष र महिलाको साक्षरता दरबीच १७.८ प्रतिशत विन्दुको अन्तर छ ।
यसले मधेशमा शिक्षा र लैङ्गिक समानताको क्षेत्रमा अझै ठूलो काम गर्न बाँकी रहेको स्पष्ट पार्छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारको अभियानअन्तर्गत यसपटक मधेश प्रदेशका विभिन्न विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने अवसर मिल्यो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीसँग मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि तथा पालिकाको शिक्षा क्षेत्रको जिम्मेवारी सम्हालिरहेका कर्मचारीहरूसँग पनि विभिन्न विषयमा छलफल गरियो । सामुदायिक विद्यालयको चित्र बदल्ने अठोटका साथ क्रियाशील प्रिन्सिपल एसोसिएसन नेपाल (पान) को मञ्चबाट हामीले लामो समयदेखि खासगरी प्रधानाध्यापकहरूसँग विभिन्न माध्यममार्फत संवाद गर्दै आएका छौँ ।
देशभरका विद्यालयको भौतिक तथा शैक्षिक अवस्था र व्यवस्थापनका चुनौतीबारे विभिन्न फोरममा छलफल पनि गरिरहेका छौँ । तर, छलफल र प्रतिवेदनबाट प्राप्त हुने अनुभूतिभन्दा विद्यालयमै पुगेर प्रत्यक्ष अवस्था नियाल्दा देखिने यथार्थ निकै फरक र गम्भीर हुँदो रहेछ ।
More society
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar
- गोदरेजका इलेक्ट्रोनिक्समा चाडपर्व अफर, फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको पूर्ण वारेन्टीNepal Khabar
- Kolu Kondattam 2026: 700 windows into a traditionThe Hindu
- पश्चिम पुगेका दक्षिण एसियाली सम्पदा फिर्ताको बहस छेडेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्नSetopati
- Top news of the day: Karnataka High Court says Enforcement Directorate is not a ‘super cop’; Explosion at Ghaziabad police outpost injures one; and moreThe Hindu