Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

Read the full story at Onlinekhabar (Nepali)

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको छ । १८ कात्तिक, ढाका (रासस/एएफपी)। बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ । सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो ।

यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ । गार्मेन्ट क्षेत्रमा ४० लाखभन्दा बढी मानिस कार्यरत छन् । तर, न्यून तलब, कमजोर कार्य वातावरण र श्रमिक अधिकारसम्बन्धी लामो समयदेखिका विवादले यस क्षेत्रको विकासमा चुनौती थप्दै आएका छन् । गत शनिबारदेखि हजारौँ गार्मेन्ट कामदार तलब वृद्धिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा केहीले इँटा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ । ज्याला बोर्डमा कामदारका प्रतिनिधि बाबुल अख्तरले कामदारहरूले डिसेम्बरभित्रै तलब वृद्धि गर्ने निर्णय गर्न माग गरेको बताए। यसो भए जनवरीदेखि परिमार्जित तलब पाउन सकिने उनको भनाइ छ । “ज्याला बोर्डमा रहेका कारखाना मालिकका प्रतिनिधि पनि यसमा सहमत भएका छन् ।