Skip to main content
राजनीतिSetopati2 outlets covering

नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड

Read the full story at Setopati

नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड

टर्कीको अन्ताल्यामा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई छुट्टै कार्यसूची बनाउन असफल भएपछि नेपालसहित पाँच देशले हिमाली संकटलाई विश्वव्यापी जलवायु वार्ताको केन्द्रमा ल्याउन संयुक्त प्रयास अघि बढाएका छन्। कोप–३१ अन्तर्गत बिहीबार नेपाल, भुटान, पाकिस्तान, ताजिकिस्तान र किर्गिस्तानले संयुक्त रूपमा उच्चस्तरीय कार्यक्रम आयोजना गरेर यस्तो प्रयास अघि बढाएका हुन्। 'एड्भान्सिङ द माउन्टेन एजेन्डा' विषयक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावित समुदायको उत्थानका लागि अन्तर्राष्ट्रिय समुदायसामु पाँच प्राथमिकता प्रस्तुत गरेका छन्।

'हिमालमा देखिएको संकट कुनै एउटा देश वा क्षेत्रको मात्र समस्या होइन। यो मानवताकै संकट हो,' खनालले कार्यक्रममा भने, 'उच्च हिमाली क्षेत्रमा हुने परिवर्तनको असर त्यहीँ सीमित रहँदैन। यसको प्रभाव नदी प्रणाली, अर्थतन्त्र र पारिस्थितिक प्रणाली हुँदै राष्ट्रिय सीमा समेत पार गरेर समुद्रसम्म पुग्छ।

' उनले हिमाली र समुद्री समुदायबीच सहकार्य, ज्ञान आदानप्रदान र साझा आवाज सशक्त बनाउन 'सगरमाथादेखि समुद्रसम्म' साझेदारीलाई औपचारिक रूप दिन आह्वान गरे।